१३ चैत २०८०, मंगलवार
(नेपाली समय)
१३ चैत २०८०, मंगलवार
नेपाली समय

संक्रमितको उपचारमा खटिएका ७५ जना क्वारेन्टाइनमा

विराटनगर : विराटनगरमा कोरोना संक्रमितको उपचार र नियमित रेखदेखमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी गरेर ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।  उनीहरु बैशाख ५ गते यता विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका संक्रमितको उपचारमा खटिँदै आएका थिए । यसक्रममा २४ घण्टाको एक सिफ्टमा दुई जना चिकित्सक रहने र दुईजना सिनियर चिकिस्तक भने २४ घण्टा नै खटिने गरेका छन्। चैत २१ गतेबाट विराटनगरमा उपचार केन्द्र सञ्चालनमा ल्याइएको थियो। पहिलो पटक यस अस्पतालमा उदयपुरको भुल्केमा भेटिएका १२ संक्रमितलाई वैशाख ५ गतेदेखि भर्ना गरेर उपचार थालिएको थियो । हालसम्म केन्द्रमा ३१ जना कोरोना संक्रमित उपचारत छन्। 

कोसी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले संक्रमितको उपचारमा नियमित खटिँदै आएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिइन्। चिकित्सकहरुलाई केन्द्रबाट करिब १ सय मिटरको दूरीमा रहेको एक होटलमा र अन्य स्वास्थ्यकर्मीलाई मेनरोडस्थित जैन भवनमा सेल्फ क्वारेन्टाइनका राखिएको डा. मिश्राले बताइन्।

वैशाख ५ गते मध्यरातमा उदयपुरबाट १२ जना संक्रमित ल्याउदाँदेखि परिचालित स्वास्थ्यकर्मीको टोली अहिले क्वारेन्टाइनमा छ । त्यसयता हालसम्म केन्द्रमा प्रत्येक ६ दिनको अन्तरालमा २५ जनाको ३ वटा टोली प्रत्यक्ष रुपमा संक्रमतिको उपचारमा संलग्न रहँदै आएको थियो। उदयपुरका संक्रमित भर्नासँगै पहिलो साता खटिएका चिकित्सकहरुको सुरुवाती एकसाताको क्वारेन्टाइन समयको गणना नहुने भएकाले दोस्रोसाताबाट मात्र उनीहरुको क्वारेन्टाइन समय जोडिने डा. मिश्राको भनाइ छ। 

संक्रमितसँग अग्रपंक्तिमा खटिएका २८ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको र स्वाब परीक्षणबाट कोरोना रिपोर्ट पनि नेगेटिभ आएको जानकारी उनले दिइन् । क्वारेन्टाइनमा राखिएका सबै चिकित्सक र स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको उनको भनाइ छ। 

यसक्रममा उदयपुरबाट पहिलोचरणमा ल्याइएका १२ जना संक्रमितको समेत शुक्रबार रोजापछि स्वाब संकलन गरिएको र रिपोर्ट भने आइनसकेको मिश्राको भनाइ छ। 
अस्पतालका बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएपनि रहेपनि सुरक्षाका हिसाबले होटलबाहिर र घरसम्म पनि नगएको उनको भनाइ छ। 

संक्रमितको उपचारमा चिकित्सकको तेस्रो चरणको टोली शनिबारबाट केन्द्रमा खटाइएको छ । क्वारेन्टाइन बसाइको समय पूरा भइसकेपछि सबै स्वास्थ्यकर्मी नियमित काममा फर्कने जानकारी डा. मिश्राले दिइन्। 

कोभिड–१९ उपचार केन्द्रमा रहेका ३१ संक्रमितमध्ये उदयपुरबाट २८, झापाबाट दुई र भोजपुरबाट जना रहेका छन् ।सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा.मिश्राले जानकारी दिइन् छ । उनका अनुसार तीन जनामा मधुमेह र एक जनामा भने उच्च रक्तचापको समस्या रहेको छ।  

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds