९ असोज २०८०, मंगलवार
(नेपाली समय)
९ असोज २०८०, मंगलवार
नेपाली समय

संविधानमा असन्तुष्टि छ, तर नक्सासम्बन्धी प्रस्तावलाई समर्थन : महतो

३१ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद राजेन्द्र महतोले संविधानमा आफूहरुको असहमति भएपनि नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने बताएका छन् ।

संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै महतोले संविधानप्रति आफूहरुको असहमति रहेको बताए । तर अहिले राष्ट्रियता र भूमिको सवाल उठेको भन्दै उनले भने, ‘सबै असन्तुष्टिलाई थाती राख्दै नयाँ नक्सासम्बन्धी प्रस्तावलाई सहर्ष समर्थन गर्छौं ।’

५८ वर्ष पहिलेसम्म लिम्पियाधुरा, कालापानी लगायतका भूमि नेपालको नक्सामा रहेको स्मरण गर्दै उनले प्रश्न गरे, ‘कुन देश बेचुवाले देश बेच्यो ? स्वेतपत्र जारी गर्नु पर्दैन ? देश बेचुवाहरुलाई टुँडिखेलमा झुण्ड्याउनु पर्दैन ?’

महाकाली सन्धि संसदबाट पास भएको स्मरण गर्दै उनले राष्ट्रघातीहरुको पहिचान गर्न माग गरेका छन् । उनले अघि भने, ‘२५ वर्ष पहिले महाकाली सन्धि कसरी भयो ? त्यसमै महाकाली नदीको मुहान कहा भनेर क्लियर गर्नु पर्दैन ?’

मधेसी जनताले सीमाको रक्षा गर्दै आएको भन्दै आफूहरुको राष्ट्रियतामा प्रश्न नगर्न चेतावनी समेत दिएका छन् । ‘कति चोटी अग्नि परीक्षा दिने ? कति पटक प्रमाण दिने हामीले’ उनले भने, ‘मधेसी जनतामाथि अन्याय नगर्नुस् ।’

राजपा नेता महतोले नयाँ नक्सासँगै जमिन फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds