काठमाडौँ, १५ असार (रासस) : पशुपति क्षेत्र विकास कोष र सनराइज बैंक लिमिटेडबीच पाशुपत क्षेत्रमा पर्यटक प्रवेश काउण्टर सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा कोषका तर्फबाट सदस्य सचिव डा प्रदीप ढकाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गर्नुे भएको छ ।
सम्झौतापछि विभिन्न मुलुकबाट पाशुपत क्षेत्रमा भ्रमणका लागि आउने पर्यटकलाई क्रमशः तिलगंगा, वत्सलेश्वरी, गुहेश्वरी र महास्नान घर अगाडि रहेको पर्यटक काउण्टरबाट टिकट बिक्री गरिनेछ ।
बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा एटिएममार्फत आफ्ना चार लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।