८ असोज २०८०, सोमवार
(नेपाली समय)
८ असोज २०८०, सोमवार
नेपाली समय

सर्वदलीय बैठकमा सहभागी कांग्रेस प्रतिनिधि खुकुरीसहित पक्राउ

गोरखा : गण्डकी गाउँपालिका वडा नम्बर ६ को तोमनडाँडा आधारभूत विद्यालय मतदात केन्द्रमा आयोजित बैठकमा सहभागी हुन गएका कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन्।

मतदान अधिकृतले आह्वान गरेको मतदात केन्द्रस्तरीय सर्वदलीय बैठकमा उपस्थित कांग्रेसका प्रतिनिधि मनोज गुरुङ पक्राउ परेका हुन्। उनले बोकेको झोलाबाट प्रहरीले खुकुरी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताए।

उनी नेपाली कांग्रेसको भातृसंस्था तरुण दलमा आवद्ध रहेको खुलेको छ। मतदान केन्द्रमा खटिएको सुरक्षाकर्मी नियन्त्रणमा लिएर गुरुङलाई जिल्ला प्रहरी कार्यालय पठाएको र घटनाको अनुसन्धान भइरहेको एसपी खनालले बताए।

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds