३ वैशाख २०८१, सोमवार
(नेपाली समय)
३ वैशाख २०८१, सोमवार
नेपाली समय

सवारी दुर्घटनामा एकको मृत्यु

इटहरी, १० असार (रासस) : सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा शनिबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । 

अर्का एक जना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी सहायक निरीक्षक टङ्क न्यौपानेका अनुसार सदरमुकाम इनरुवामा मे १ ज १९८६ नम्बरको सवारीसाधनले को २३ प ४०९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही मोटरसाइकलका चालक इनरुवाका ३५ वर्षीय योगेन्द्र उरावको मृत्यु भएको हो । 

यसैगरी अहिले बिहान सुनसरीको सदरमुकाम इनरुवाबाट पूर्वतिर आउँदै गरेको को १ च ८२८३ नम्बरको पिकअप सवारीसाधनलाई सोही दिशाबाट पछाडि आउँदै गरेको ना २ च ५९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा एम्बुलेन्समा यात्रारत धनकुटा निवासी ६० वर्षीय गोविन्द थापा घाइते भएका छन् । घाइते थापाका जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको बताइएको छ । 

ठक्कर दिने दुवै सवारीसाधनलाई आवश्यक सोधपुछ एवं अनुसन्धान गरी कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवाले नियन्त्रणमा लिएका ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds