१३ चैत २०८०, मंगलवार
(नेपाली समय)
१३ चैत २०८०, मंगलवार
नेपाली समय

साउनेवासीको आम्दानीको मुख्य स्रोत केरा

गाईघाट, उदयपुर, २८ जेठ (रासस) ः त्रियुगा नगरपालिका–१५ साउनेका बासिन्दाको आम्दानीको मुख्य स्रोत केरा खेती बन्न पुगेको छ ।

व्यावसायिक रुपमा केरा खेती गर्दै आएका साउनेवासी पारिवारिक समृद्धितर्फ अगाडि बढ्न थालेका छन् । उक्त गाउँमा करीब पँैतीस घरपरिवारको बसोबास रहेको छ । “हाम्रो आयआर्जनको मूल स्रोत नै केरा खेती हो,” स्थानीयवासी मोहन केपीछाकी मगर बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “भिरालो पाखोबारी जमीन छ, उब्जाउ धेरै हुँदैन, अधिकांश जग्गामा अहिले केरा खेती शुरु गरेका छौँ, केरा बिक्रीको अम्दानीले नै घरखर्च चलाएका छौँ ।”

एक दशकदेखि केरा उत्पादन गर्दै आउनुभएका लोकबहादुर मगर आफ्नो मुख्य आम्दानीको स्रोत केरा खेती भएको बताउनुहुन्छ । केरा बिक्री गरेर नै छोरोलाई काठमाडाँैमा स्नातक तह पढाउन थालेको उहाँको भनाइ छ । उहाँले मासिक रु ४० हजारसम्म केरा बिक्री गरेर आम्दानी गर्नुहुन्छ ।

गाउँसम्म सडक पुगेकाले केरा बिक्री गर्न समस्या छैन । सदरमुकाम गाईघाट नै केराको मुख्य बजार हो । स्थानीयवासी धनकुमार राई यहाँका अधिकांश कृषकले व्यावसायिक रुपमा केरा खेती संलग्न रहेका बताउनुहुन्छ ।

कृषकले केरा बिक्री गरेको रकम बैंक खातामा जम्मा गर्नुका साथै सहकारीमा समेत लगानी गर्न थालेका स्थानीयवासी जुद्धबहादुर मगरले बताउनुभयो । चिनियाँ चम्पा, अगस्टा, मर्चे, झप्रीलगायत जातका केरा कृषकले लगाएका छन् ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds