७ कार्तिक २०७८, आइतवार
(नेपाली समय)
७ कार्तिक २०७८, आइतवार
नेपाली समय

साभार: अन्नपूर्णपोष्ट अनलाइन

स्याङजा : स्याङ्जाका कोरोना संक्रमित ३ जना डिस्चार्ज भएका छन्। कोरोना भाइरस संक्रमण जितेका उनीहरुलाई जिल्ला अस्पताल स्याङजाबाट बुधबार डिस्चार्ज गरी घर पुर्‍याइएको छ। कोरोना जित्नेमा वालिङ नगरपालिका १३ का २१ वर्षीय र गल्याङ नगरपालिका ६ का २७ र ७ का ४० वर्षीय पुरुष रहेका छन्।

उनीहरुलाई अस्पतालले २ हप्ता होम क्वारेन्टाइनमा बस्नेगरी विदाइ गरी एम्बुलेन्सबाट घर पठाएको हो । जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका ६ जनामध्ये ३ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पलातका कोरोना फोकल पर्सन डाक्टर अन्जु अर्याल जानकारी दिइन्।

दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा ३ जनाको नेगेटिभ आएको हो भने ३ जनाको पोजेटिभ । अस्पतालको आइशोलेशनमा अब २०, २६ र २९ बर्षे पुरुष उपचाररत छन । उनीहरुको २÷४ दिनमा फेरी पीसीआर परीक्षण गरिने अस्पतालले जनाएको छ । 

जेठ २२ गते अस्पतालमले संक्रमित ६ जना र उपचारमा संलग्न ३ स्वास्थ्यकर्मीको पीसीआर परीक्षणका लागि पोखरा पठाएको थियो । जसमा संक्रमित मध्ये ३ जना र स्वास्थ्यकर्मीं ३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा. सुशिल मरासीनीले बताए । 

जेठ ११ गते उनीहरु लगायत ५४ जनाको समूह स्याङजा आएका थिए । विभिन्न साधन प्रयोग गर्दै सुनौलीसम्म आएका उनीहरु सुनौलीबाट भने आ- आफ्ना स्थानीय तहमा आइपुगेका हुन् ।  उनीहरुलाई पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्मा, अस्पतालका मेसु डा. सुशिल मरासीनी लगायतले विदाइ गरेका छन् । 

बुधवार कोरोना मुक्त भएका वालिङका पुरुष जेठ १३ मा र गल्याङका पुरुषको १८ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।  अब जिल्ला अस्पतालको आइसोलेसनमा ३ जना पुरुष उपचाररत छन भने कालिका सामुदासिक अस्पतालको आइसोलेसनमा एक महिलासहित ३१ जना उपचारत छन् । स्याङ्जाका कोरोना संक्रमण देखिएक ६० वर्षीय एक पुरुषको निधन भइसकेको छ । हाल जिल्लामा संक्रमितको संख्या अब ३४ छ ।

साभार: अन्नपूर्णपोष्ट अनलाइन