दमौली : खाना पकाउने एलपीजी ग्यासको सिलिण्डर विस्फोट हुँदा आँबुखैरनी गाउँपालिका को सत्रसयमा दुई बालक घाइते भएका छन्। आइतबार बिहान साढे ७ बजे भएको विस्फोटमा पारी विनोद विकका दुई छोरा ११ वर्षीय विवेक र सात वर्षीय सरगम घाइते भएका हुन्।
हात र शरीरको केही भाग जलेको उनीहरुको आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए
सुवेदीका अनुसार भान्सामा खाने कुरा बसालिरहेका बेला ग्यास विस्फोट भएको थियो भनाइ छ। उनले घाइते बालकहरु खतरामुक्त रहेको उनले बताए। सिलिन्डर विस्फोट हुँदा विकको घरको छानो उडेको छ। भने भित्तासहितको धेरै भाग भत्किएको प्रहरीले जनाएको छ।
साभार : अन्नपूर्ण पोष्ट अनलाइन