२ असोज २०८०, मंगलवार
(नेपाली समय)
२ असोज २०८०, मंगलवार
नेपाली समय

सीमावर्ती क्षेत्रमा ६ जना कोरोना संक्रमित

भैरहवा : रुपन्देहीको सीमावर्ती भारतको महाराजगंज जिल्लामा ६ जना कोरोना संक्रमित फेला परेको छन्। रुपन्देहीको मुख्य सीमानाका बेलहियादेखि २५ किलोमिटर र मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दुरीमा रहेको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ जना संक्रमित फेला परेका हुन्। सीमावर्ती क्षेत्रमा संक्रमित फेला परेसँगै जोखिम बढेको छ।

कोल्हुई र पुरन्दपुर क्षेत्रमा शंकास्पद १७ जनाको परिक्षण गरिएको मध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको महाराजगंज जिल्लाका डिएम (प्रमुख जिल्ला अधिकारी) उज्जवल कुमारले बताए। संक्रमितको परिवारलाई क्वारेन्टाइनमा राखिएको र उनीहरुको पनि स्वास्थ्य परिक्षणको तयारी थालिएको उनले जानकारी दिए। उनका अनुसार संक्रमित फेला परेसँगै कोल्हई क्षेत्रको बडहरा इन्द्रदत्त, कम्हरिया बुजुर्ग र पुरन्दपुर क्षेत्रको विशुनपुर कुर्थिया र फुवरिया गाउँलाई सील गरी गाउँमा र गाउँदेखि ३ किमी क्षेत्रसम्म स्यानिटाइजिङ गर्ने काम भइरहेको छ।
संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सर्वसाधरणहरुलाई ती गाउँहरुमा आवागमनमा रोक लगाइएको र आवश्यक सबै सावधानी अपनाइएको उनले बताए।

खुल्ला सीमा कारण संक्रमित फेला परेका क्षेत्रका सर्वसाधरणहरु सजिलै रुपमा नेपालमा आवतजावत गर्दछन्। र, मर्चवार क्षेत्रका सर्वसाधरणहरु पनि आवश्यक उपभोग्य वस्तुलगायत अन्य साम्रगी खरिदका लागि पनि कोल्हुई क्षेत्रमा जाने गर्दछन्। खुल्ला सीमाकारण आफुहरु विगतदेखि नै सजग रहेको र त्यस अनुसार नाकामा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) खड्ग बहादुर खत्रीले बताए।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds