१९ मंसिर २०७८, आइतवार
(नेपाली समय)
१९ मंसिर २०७८, आइतवार
नेपाली समय

सीमा पार गर्न खोज्दा ११ भारतीय नागरिक नियन्त्रणमा

२२ वैशाख, जनकपुरधाम । नेपालबाट भारततर्फ जान लागेका ११ जना भारतीयलाई महोत्तरीको सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको समयमा नेपालबाट भारततर्फ जान लागेका उनीहरुलाई महोत्तरीको मनरा सिस्वा नगरपालिका ९ बथनाहास्थित सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । एकाबिहानै सीमा पार गर्न लागेका उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएर काम गरिरहेकै ठाउँमा छाडिएको अधिकारीले बताए ।

नियन्त्रणमा लिइएका सबै भारतको पश्चिम बंगालका हुन् । महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित कोल्हुवा बगेयामा भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएका उनीहरुले खानपिनमा समस्या भएपछि आफ्नो गाउँ फर्किन लागेको प्रतिक्रिया दिएका छन् ।

साभार : अनलाइनखबर अनलाइन