१६ असोज २०८०, मंगलवार
(नेपाली समय)
१६ असोज २०८०, मंगलवार
नेपाली समय

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

२० वैशाख, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुनको खरिद बिक्री मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्यमा कुनै परिवर्तन नआएको महासंघको भनाइ छ । आज चाँदीको प्रतितोला मूल्य सोमबार जस्तै १२ सय ९० रुपैयाँ छ ।

सोमबार छापावल र तेजावी सुनको मूल्य क्रमशः ९८ हजार २ सय र ९७ हजार ७ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । हिजो पनि सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको थियो ।

साभार : अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds