१२ चैत २०८०, सोमवार
(नेपाली समय)
१२ चैत २०८०, सोमवार
नेपाली समय

सूचना लुकाउने कर्मचारी कारबाहीबाट नबच्ने आयुक्त बाँस्कोटाको भनाइ

भक्तपुर, ७ असार (रासस) : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले यहाँ आज आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले कतिपय कर्मचारीले अझै पनि सहजरुपमा सूचना नदिने र सूचना अधिकृत पनि नराख्ने गरेको पाइएकाले त्यस्तालाई कारबाही गर्नुपर्ने बताउनुभयो । 

कर्मचारीमा अझै पनि पञ्चायतकालीन मनोवृत्ति परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले सातवटै प्रदेशमा सूचना आयोग स्थापना गरेर सूचना आयुक्त राख्नुपर्नेमा जोड दिनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सूचनाको हकका बारेमा आम नागरिकलाई जानकारी गराउन र सबै कार्यालयबाट सहजरुपमा सूचना उपलब्ध गराउने वातावराण मिलाउन सुझाव दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबै कार्यालयमा सूचना अधिकारी राख्न र सहजरूपमा सूचना प्रदान गर्नका लागि संयन्त्र बनाउन निर्देशन दिने जानकारी गराउनुभयो । 

सूचना अभियन्ता एवं गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष सोम शर्मा (बजगाईं)ले सूचनाको हकका बारेमा गाउँगाउँका र तल्लो तहका नागरिकसम्मलाई जानकारी गराउनुपर्नेमा जोड दिँदै नागरिकले सूचनाको हकअधिकारका बारेमा जानकारी नपाएसम्म सूचना मागको औचित्य नहुने बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा नवनिर्वाचित उपत्यका सचिव अमर भुजु, सदस्यद्वय भगवती थापा र लक्ष्मी गारुलाई सम्मान गरिएको थियो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds