१२ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१२ मंसिर २०८०, मंगलवार
नेपाली समय

स्थानीय तह निर्वाचन : कुन जिल्लाको मतपत्र कस्तो छ ? (हेर्नुहोस् नमूना)

काठमाडौं : निर्वाचन आयोगले जिल्ला-जिल्लामा मतपत्र छापेर ढुवानी गरिरहेको छ। निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र छापेर ढुवानी सुरु गरेको हो। आयोगले यस पटक हरियो रंगमा चुनाव चिन्ह छापेको जनाएको छ।

पठाइएका मतपत्र वैशाख २६ गतेसम्म सबै मतदान केन्द्रसम्म पुगिसक्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन्। निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र चाहिने निर्वाचन आयोगले जनाएको छ।  महानगरपालिका र केही उपमहानगरपालिकाको मत पत्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएपछि छापिने आयोगले जनाएको छ।

हेर्नुहोस् जिल्लाको नमूना मतपत्र

https://election.gov.np/np/page/sample-ballot

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds