२४ मंसिर २०८०, आइतवार
(नेपाली समय)
२४ मंसिर २०८०, आइतवार
नेपाली समय

स्मार्ट वाच बजारमा दोश्रो नम्बरमा उक्लियो हुवावे, सामसुङलाई पछि पार्‍यो

चिनियाँ प्रविधि कम्पनी हुवावे विश्व स्मार्टफोन बजारमा सामसुङ पछाडि दोश्रो स्थानमा छ । तर स्मार्ट वाचको बजारमा चाहिँ हुवावेले सामसुङलाई पछि पार्न सफल भएको छ ।

सन् २०२० को सुरुआतसँगै हुवावेको वेयरेबल बजारको हिस्सा तीव्र गतिमा बढिरहेको छ । हालै इन्टरनेसनल डाटा कर्पोरेसनले जारी गरेको वेयरेबल डिभाइस ट्रयाकर रिपोर्ट अनुसार हुवावेले स्मार्टवाच तथा वायरलेस एयरफोनलगायतका वेयरेबल्सको बजारमा सामसुङलाई पछि पारेको हो ।

वेयरेबल्सको बजारमा पहिलो स्थानमा भने एप्पल कायमै रहेको छ । दोश्रो स्थानमा हुवावे उक्लिएसँगै सामसुङ तेश्रो स्थानमा झरेको छ ।

आईडीसीको रिपोर्ट अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा ७ करोड २६ लाख गोटा वेयरेबल डिभाइस बिक्री भएका छन् । यो गत वर्षको सोही अवधिको भन्दा २९.७ प्रतिशतले बढी हो । जबकि हुवावेले गत वर्षको पहिलो त्रैमासिकमा भन्दा यो वर्षको त्रैमासिकमा ६२.२० प्रतिशत प्रतिशत बढि वेयरेबल्स बेच्न सफल भएको छ ।

स्मार्टवाच मात्रैको कुरा गर्ने हो भने सन् २०२० को पहिलो ३ महिनामा विश्वमा एक करोड ६९ लाख गोटा स्मार्टवाच बिक्री भएका छन् । यद्यपि यो संख्या गत वर्षको भन्दा ७.१ प्रतिशतले कम हो । यस अवधिमा हुवावेले २६ लाख गोटा स्मार्टवाच बेचेको छ ।

गतवर्षको सोही त्रैमासिकमा भन्दा हुवावेले एक सय १८.५ प्रतिशत बढी स्मार्टवाच बेचेको हो । योसँगै सन् २०२० को पहिलो त्रैमासिकमा गत वर्षको भन्दा शत प्रतिशत धेरै स्मार्टवाच बेच्ने एकमात्र कम्पनी बनेको छ हुवावे । एजेन्सी

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds