२ असोज २०८०, मंगलवार
(नेपाली समय)
२ असोज २०८०, मंगलवार
नेपाली समय

हस्पिटलको लापरबाहीले आफ्नो बच्चा जोखिममा पारेको पिडित चौधरीको भनाइ

वीरगंज, २९
बीरगंज महानगरपालिका वडा नम्बर ४ विर्तामा रहेको शुभ लक्ष्मी हस्पिटल प्रालिको लापरबाहीले मेरो श्रीमतीको गर्भमा रहेको बच्चा जोखिममा पारेको पिडित राकेश चौधरीले बताएका छन् ।
उनले भने मेरो श्रीमती प्रिति चौधरीको पेटमा रहेको बच्चा जन्म दिने बेलामा अस्पतालकोे लापरवाहिले आइसियु कक्षमा छट्पटी रहेको बताए । आफ्नो श्रीमतीको पेटमा बच्चा भए देखि नियमित डाक्टर सुरेन्द्र चौधरीले हेर्नु भएको थियो । डाक्टर चौधरीले बच्चाको अवस्था ठीक छ बच्चा नरमल हुने बाताएको उनले भने, महिनाको एक पटक चेकजाँच गदै आइरहेकोमा डाक्टरले भने जस्तै बच्चा जन्मने समयमा अस्पताल भर्ना गरेको पिडित चौधरीले बताएका छन् ।
“नियमित चेकजाँचको क्रममा २२ गते अचानक श्रीमतीलाई समस्या भए पछि डाक्टर चौधरी संग सम्पर्क गरेर राति ८ः३० बजे शुभ लक्ष्मी हस्पिटलमा भर्ना भएको र २३ गते मंगलबार बिहान करिब १०ः३० बजेको समयमा मेरो श्रीमतीको बच्चा जन्म हुने बेला नर्स चादनी चौधरी र डाक्टर सुरेन्द्र चौधरीको लापरबाहीले बच्चामा मानसिक रुपमा चोटपटक पुराएले मेरो बच्चाको यो अवस्था पुगेको पत्रकार समक्ष पिडित चौधरीले गुनासो पोखेका छन् ।”

उता डाक्टर चौधरीको अनुसार बच्चा शुरु देखि राम्रो थियो तर अवस्था जटिल भए पछि अपरेसन गर्नु परेको र बच्चाको अवस्था नाजुक रहेको यसमा हाम्रो कुनै गलती नभएको बताए ।
उता, बच्चाको आमा प्रिति चौधरीको भनाइ अनुसार बच्चा जन्मने बेलामा नर्स चाँदनी चौधरीले बच्चा बाहिर आइ सकेको पनि भित्र प्रेसर दिएर पठाएको र पछि अपरेसन गरेकोले मेरो बच्चा यस्तो अवस्थामा पुगेको आरोप लगाए।
“उनले भने राति अस्पतालका नर्सहरुलाई बोलाउदा झन्झट मान्ने र निन्द्रमा आएर राम्रो संग उपचार पनि नगर्ने पिडित चौधरीले पत्रकार सामु आफ्नो गुनासो पोखे । मेरो सकुशल बच्चालाई यस्तो पुराउनु अस्पतालको लापरबाही भएको भन्दै आफ्नो बिलैनो सुनाएका छन् ।”
नेशनल मेडिकल कलेजका डाक्टर धर्मेन्द्र यादवको रिपोर्ट अनुसार बच्चा धेरै राम्रो अवस्थामा रहेको र जन्मने बेलामा डाक्टरको लापरबाहीले नाजुक अवश्थामा पुगेको पिडित बच्चाका बुवा चौधरीले बताए । शुभ लक्ष्मी हस्पिटलको रिपोर्ट र मेडिकलको रिपोर्टमा धेरै फरक रहेको उनको भनाइ रहेको छ । मेडिकलको डाक्टरले बताए अनुसार यो अवस्था कसरी भयो बच्चा धेरै राम्रो अवस्थामा थियो भनेर बताएको चौधरीले पत्रकार संग बताए ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds