१३ चैत २०८०, मंगलवार
(नेपाली समय)
१३ चैत २०८०, मंगलवार
नेपाली समय

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

इनरुवा, ११ असार (रासस) : सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ । 

मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्ती चौधरीलाई भँैसी गोठमा बसिरहेको अवस्थामा आइतबार राति हात्तीले आक्रमण गरेको थियो । 

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 
घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds