हावाहुरीले घर तथा फार्ममा लाखौँको क्षति

दाङ, ३१ जेठ (रासस) ः गएराति आएको हावाहुरीले यहाँका एक व्यक्तिको घर तथा व्यवसायिक फार्ममा क्षति पु¥याएकोछ । 

तुलसीपुर–१० निवासी माधव केसीले सञ्चालन गरेको प्राकृतिक मह उत्पादन तथा माहुरी पालन फार्म र घरमा क्षति पु¥याएको बताएकोछ । 

फर्म सञ्चालन गरेको घर तथा केसीको चारकोठे घरमा लगाएको टिनको छाना उडाउनुका साथै विभिन्न सामग्रीमा क्षति पु¥याएको केसीले बताउनुभयो । 

उहाँले हावाहुरी र पानीले घर र फार्ममा गरी करीब रु १० लाख बराबरको क्षति पु¥याएको बताउनुभयो । “एकाएक आएको हावाहुरीले फार्म र घरको छानो उडायो, माहुरीका घारमा सामान्य क्षति पुगेको छ, अन्य सामान भने सवै पुरिएकाछन्” केसीले भन्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *