१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

हिमवत्खण्ड कला साहित्य सम्मिलन ः २०५ सदस्यीय मूल समिति

काठमाडौँ, ३० जेठ (रासस) ः दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ हुने ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ का लागि प्रा डा राजेन्द्र सुवेदीका संयोजकत्वमा २०५ सदस्यीय मूल समिति गठन गरिएको छ । 

आगामी असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा भानुभक्त आचार्यप्रतिको दृष्टिकोण, नेपालका भाषाको साहित्यिक अवस्था, सम्पर्क भाषाका रुपमा नेपाली भाषाको राष्ट्रिय अन्तर्राष्ट्रिय भूमिका तथा नेपाली भाषाको वर्तमान अवस्था र यसको महत्व विषयमा कार्यपत्रसहित छलफल हुने छ । सम्मिलनमा बहुभाषिक कविगोष्ठी र सांस्कृतिक कार्यक्रम पनि हुने छ । तीनदिने कार्यक्रमअन्तर्गत असार ३० गते चन्द्रागिरिमा साहित्य र कलासम्बन्धी कार्यशाला पनि हुनेछ । 

प्रतिष्ठानका अध्यक्ष सांसद डा विजय सुब्बाको अध्यक्षतामा बसेको बैठकले मूल समितिका सहसंयोजकमा प्रा डा बद्रीविशाल पोखरेल, सात प्रदेशका संयोजक, सदस्य सचिवमा डा देवी नेपाल, १५ सदस्यीय सचिवालय र कार्यालय सचिवमा जयन्ता पोखरेल रहने निर्णय गरेको छ । मूल समितिअन्तर्गत १५ भन्दा बढी उपसमिति पनि रहेका छन् । चन्द्रागिरिमा हुने कार्यक्रमको संयोजन भने दिनेश डिसीले गर्नुहुनेछ । 

समारोहमा नेपालका सबै प्रदेश, भारत, म्यान्मा, भुटान तथा युरोप र अमेरिकाका नेपाली एवं नेपाली मातृभाषी विद्वान्, भाषाविद्, प्राध्यापक, साहित्यकार, कलाकार, राजनीतिकर्मी आदिको सहभागिता रहनेछ । प्रधानमन्त्री तथा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले मङ्गलबार आयोजक संस्थालाई नेपालका सबै भाषाभाषी र सबै विधा समेट्न निर्देशन दिइसक्नुभएको छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds