३२ जेठ, काठमाडौं । हिमालय एयरलाइन्समार्फत साउदी अरबको दमामबाट सोमबार हुने चार्टर्ड उडान स्थगित भएको छ ।
साउदीस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि उडान स्थगित भएको हो । के कारणले उडान स्थगित भएको हो भन्नेबारे खुलाइएको छैन ।
दूतावासले यो निर्णयबाट स्वदेश फर्कने तयारीमा रहेका नेपालीमा पर्न गएको असुविधाप्रति नेपाली दुःख प्रकट गरेको छ । यो वायुसेवाको नयाँ उडान मिति र नयाँ हवाई भाडादरको बारेमा सूचना प्राप्त हुनासाथ जानकारी गराउने दूतावासले बताएको छ ।
हवाई उडानका लागि आवश्यक पर्ने आरडीटी वा पीसीआरजस्ता स्वास्थ्य सम्बन्धी परीक्षण पनि हाललाई नगर्न रियादस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।
साउदीबाट जुन १८मा नेपाल एयरलाइन्सले पनि उडान गर्दैछ । १९ जुनमा हिमालय एयरलाइन्सबाट नै साउदीका रहेका नेपाली फर्किने तालिका छ
साभार :अनलाइनखबर अनलाइन