१९ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१९ मंसिर २०८०, मंगलवार
नेपाली समय

१९ करोड थान ५०० का नोट

काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ। यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ। आउँदो दसैंलाई लक्ष्य गरेर नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरेको राष्ट्र बैंकले जनाएको छ।

नोट छाप्न नेपाली प्रिन्टिङ कम्पनीले बोलपत्र आवेदन दिन पाउँदैनन्। आंशिक वा पूर्ण सरकारी स्वामित्वका विश्वस्तरीय सुरक्षा प्रिन्टिङ प्रेसले मात्रै नोट छाप्ने बोलपत्र भर्न पाउँछन्। राष्ट्र बैंकले हरेक दुई वर्षमा संसारभरका सुरक्षा प्रिन्टिङ प्रेसमध्येबाट ‘प्री–क्वालिफाइड’ प्रेसको सूची तयार पार्ने गरेको छ। ती सूचीमा समावेश भएका कम्पनीले मात्रै नेपाली नोट छाप्ने प्रस्ताव दर्ता गराउन पाउँछन्।

नेपाल सरकारले खरिद प्रक्रिया अघि बढाएको सेक्युरिटी प्रिन्टिङ प्रेसमा पनि नोट छाप्ने विशेषतासमेत समावेश गर्ने भनिएको थियो। तर, उक्त प्रेस खरिद प्रक्रियामा विवाद भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाएका डा. युवराज खतिवडाले नोट छाप्ने विशेषता अहिले नराख्नेबारे छलफल अघि बढाएको बताइसकेका छन्।

राष्ट्र बैंकले आफ्नो समय तालिकाअनुसार नयाँ नोट छपाइको काम नियमित अघि बढाउने गरेको छ। तर, बजारमा नयाँ नोट जारी गर्न प्रायः दसैं नै कुर्ने गर्छ। अहिले छपाइ प्रक्रिया सुरु गरिएको नयाँ नोट पनि पहिलो ‘लट’ दसैंअघि प्राप्त हुने अपेक्षा गरिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग प्रमुख विस्रुत थापाले बताए। यसअघि नै ५ सय दरका नोट छपाइका लागि बोलपत्र जारी गरे पनि कुनै प्रिन्टिङ कम्पनीले छाप्न नमानेपछि राष्ट्र बैंकले पुनः सूचना जारी गरेको हो।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds