७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, ४ गम्भीर घाइते

अछाम : जिल्लाको पुल्लेतोलामा चट्याङबाट एक जनाको ज्यान गएको छ। पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोलास्थित काटियाँमा गए राति परेको चट्याङबाट कम्मानी कामीको १२ वर्षीय छोरा सुरत कामीको ज्यान गएको हो।

स्थानीय मकर रावलले दिएको जानकारीअनुसार हावा–हुरी र वर्षासँगै परेको चट्याङबाट ६० वर्षीय रने कामी, उनकी श्रीमति ५५ वर्षीया मना कामी, भाइबुहारी जयसरा कामी, ७० वर्षीषा बृकिसे रावल घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए।

चट्याङबाट कम्माने कामीका दुई बाख्रा मरेका छन् भने नजिकै रहेको देवकी निमावीको सोलार सिस्टममा पनि क्षति पुगेको छ। अहिले पनि मौसम बदली भइरहेकोले स्थानीय डराइरहेका छन्। घटनास्थलमा दुई जना प्रहरीको टोली पुगेको भने विपद व्यवस्थापनको टोली कमलबजारबाट हिंडेको छ।

उक्त क्षेत्रमा प्रत्येक वर्ष चट्याङ परेर जनधनीको क्षति हुँदै आएको छ। प्रत्येक वर्ष दुई तीनपटक चट्याङ पर्न थालेपछि स्थानीयले सो क्षेत्रको विज्ञ टोलीले अध्ययनको लागि माग गर्दै आएका छन्। स्थानीय अगुवाहरुले पनि बस्ती उठाउन सरकारसँग माग गर्दै आएका छन्। तर अहिलेसम्म कुनै सुनुवाइ हुन सकेको भन्दै मकर रावलले सरकार गम्भीर हुनुपर्ने बताउँछन्। 

साभार :अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds