७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

अमेरिकी दूतावासद्वारा सञ्चार तथा द्वन्द्व समाधानसम्बन्धी तालिम सुरु

काठमाडौँ, २८ जेठ (रासस) ः अमेरिकी दूतावासले नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अन्तरसांस्कृतिक सञ्चार तथा नेतृत्व विकास तालिमको शृङ्खलाको थालनी गरेको छ ।

यस तालिमपछि वर्तमान तथा भावी शान्ति सेनामा सहभागी हुने नेपालीलाई आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारीमा सफल हुनका लागि आवश्यक अंग्रेजी भाषा सीप, सांस्कृतिक दक्षता तथा द्वन्द्व समाधान क्षमता प्राप्त गर्न सघाउने दूतावासले जनाएको छ ।

पन्ध्र वर्षभन्दा लामो समयदेखिको अमेरिकी सरकारको संलग्नतामार्फत प्रत्येक वर्ष एक हजारभन्दा बढी नेपाली शान्ति सैनिकले तालिम पाउँदै आइरहेका छन् ।

तालिमको उद्घाटन समारोहमा अमेरिकी सैनिक सहचारी प्र.से. ग्रेगोरी पाइप्सले नेपाली सेनाका प्रशिक्षकहरूको व्यावसायिक विकासका तालिम सञ्चालन गरिएको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको औपचारिक भाषा अंग्रेजी भएको हुँदा शान्तिसेनामा सामेल हुने नेपाली सदस्यले आफ्नो अंग्रेजी भाषा सीपलाई तिखार्न र विस्तार गर्न महत्वपूर्ण छ । अंग्रेजीमा पोख्त भएमा उनीहरूलाई स्थलगत जिम्मेवारीमा खटिएको बेला बृहत् सहकार्य गर्न मद्दत पुग्ने बताइएको छ ।

नेपाली शान्ति सेना हाल मध्यपूर्वी तथा अफ्रिकी मुलुकहरूमा तैनाथ भएकाले उक्त तालिमले ती मुलुकका सांस्कृतिक मूल्य मान्यतासम्बन्धी सहभागीको बुझाइलाई समेत प्रष्ट बनाउनेछ ।

जुन महिनामा नेपाली सेनाका २५ जना प्रशिक्षकले तालिम पाउनेछन् भने त्यसपछि नेपाल प्रहरीका ७० जना अधिकृतका लागि दुई हप्तासम्म तालिम सञ्चालन गरिने दूतावासले जनाएको छ ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds