७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

आत्मबल बढाउने कोरोना संक्रमितको आइडिया : आइसोलेसनमै टिकटक डान्स (भिडियो)

सिन्धुली : कतिपय जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएपछि क्वारेन्टाइन र आएसोलेसनबाटै संक्रमित फरार हुने गरेको खबर भइरहँदा सिन्धुलीमा भने त्यस्ता संक्रमितहरु म्युजिक डान्स र टिकटकमा रमाई रहेका छन्।

परिवार, आफन्त र समाजमा कोरोनाको त्रास बढीरहे पनि संक्रमितहरु भने उपचाररत आइसोलेसन कक्षमा उच्च आत्मवलसहित रमाई रहेका हुन्। कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएपछि सिन्धुली अस्पतलाको आइसोलेसन कक्षामा उपचार गरायरहेका तीन जना पुरुषहरु हरेक दिनजसो म्युजिक डान्स, टिकटकमा रमाई रमाइरहेको भिडियो सार्वजनिक हुने गरेको छ।

अस्पतालमा जिल्लामा पहिलो पटक कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएका कमलामाई-१४ रानिवासका २३ वर्षीया पुरुष र दोस्रो पटक एकैसाथ कोरोना पुष्टि भएका कमलामाई-११ का २३ वर्षीया र तिनपाटन गाउँपालिका-३ का २५ वर्षीया पुरुषलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको छ। तर उनीहरुमा न त कोरोना भाइरस संक्रमण भएको जस्तो छ न उनीहरुमा कुनै दुःख र त्रास नै। बरु उनीहरु दर्बीलो आत्मबलका साथ सबैलाई प्रेरणा दिनेगरी म्युजिक डान्स, टिकटकमा रमाई रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल बताउँछन्। ‘हामीलाई बरु विमारीको अवस्था के-कसो होला भन्ने चिन्ता छ। उनीहरुमा मानसिक रुपमा केही असरपर्ने होकी भन्ने चिन्ता छ, तर उनीहरुमा त्यस्तो कुनै चिन्ता देखिँदैन। कोरोनाको कुनै त्रास छैन्,’ अध्यक्ष पोखरेले भने। पोखरेलले तिनै जनामा देखिएको उच्च मनोबलको प्रसंशासमेत गरे।

संक्रमित तीनै जना युवालाई एउटै कोठाको तीन वटा वेडमा राखिएको छ। म्युजिक डान्स र टिकटकमा रमाएकाहरु अन्य संक्रमित र संक्रमण नै नभए पनि त्रासमा बस्नेहरुका लागि भने हौसला र प्रेरणाको श्रोत बन्न सक्ने सिन्धुली अस्पतालका डाक्टर प्रसन्न राजभण्डारी बताउँछन्।‘यो एउटा संसारका लागि उच्च आत्मबल र समयमा रोगको पहिचान गरेर सुरक्षित बने कोरोना भाइरसको संक्रमण सजिलै जित्न सकिन्छ भन्ने उदाहरणमा पनि हुन सक्छ’ डाक्टर राजभण्डारीले भने ‘कोरोना संक्रमण भए मरिन्छ की भन्ने मनोबैज्ञानिक त्रासमा रहेकाहरुलाई हौसला र प्रेरणा मिल्न सक्छ।’

उनीहरुको स्वास्थ्यमा भने कोरोना भाइरसको संक्रमणले कुनै असर पारेको छैन्। विरामीको २४ घेटा सिसिक्यामेरा मार्फत डाक्टरहरुले निगरानी गर्नेगरेका छन्।  अस्पतालले वाईफाई, म्यूजिक, तातो चिसो पानी, शौचालयको उचित प्रबन्ध गरिदिएको छ। रोगसँग लड्नसक्ने क्षमताको विकासका लागि माछामासु सहितको खाना, दुध, अण्डाको व्यवस्थापन गरिदिएको छ।

उनीहरुमध्ये एक जनालाई यही जेठ २२ गते बिहिबार र थप दुई जनालाई २३ गते शुक्रबार कोरोना संक्रमण भएको पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो। 

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds