१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

इलामको करफोक क्वारेन्टाइन ‘सिल’

इलाम : इलामको सूर्योदय नगरपालिका १२ को करफोक माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका भारतबाट आएका युवामा कोरोना पुष्टि भएपछि क्वारेन्टाइन स्थल ‘सिल’ गरिएको छ । सूर्योदय नगरपालिकाका कोभिड-१९ फोकल पर्सन विपुल अधिकारीले करफोकको क्वारेन्टाइन ‘सिल’ गरेको जानकारी दिए । अब आउनेलाई सूनपाकै कन्यामस्थित कृष्णश्रम माध्यमिक विद्यालयमा राख्ने व्यवस्था मिलाएको उनले जानकारी दिए । 

करफोकमा ४८ जना भारतबाट आएका नागरिक क्वारेन्टाइनमा राखिएको सूर्योदय नगरपालिकाका स्वास्थ उपसमिति संयोजक पेमा उगेन लामाले जानकारी दिए । इलामको सूर्योदय नगरपालिकाका २६ वर्षीय युवाको स्वाब यही जेठ २२ गते परीक्षणका लागि पठाइएको थियो । भारतको चेन्नाईबाट आएका सूर्योदय नगरपालिकाका ती युवामा संक्रमण पुष्टि भएको हो । 

कोसी अञ्चल अस्पतालमा मंगलबार पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ देखिएको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए  । उनलाई उपचारको लागि पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए । सूर्योदय कोरोना पुष्टि भएका ती युवा भारतको चेन्नइबाट झापाको काकडभिट्टाहुँदै जेठ १८ गते नेपाल प्रवेश गरेका थिए ।

इलाममा हालसम्म ४ सय १० जनाको पीसीआर परीक्षण गराइसकेको छ । जसमध्ये एकजनाको रिपोर्ट पोजिटिभ आएको हो ।आरडीटी परीक्षण भने ९ सय ६० जनाको भइसकेको सूचना अधिकारी पोर्तेलले जानकारी दिए । इलामको पशुपतिनगर नाकाहुँदै जेठ ११ गते देखि हालसम्म २ सय ६३ जना नेपाल भित्रिएका छन् ।

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds