६ चैत २०८०, मंगलवार
(नेपाली समय)
६ चैत २०८०, मंगलवार
नेपाली समय

ए डिभिजन लिगमा पुलिस र ब्रिगेड ब्वाइजबीच बराबरी

२६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत साेमबार भएकाे खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच १-१ काे बराबरी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा दुवै टिमले सुरुवाती चार मिनेट भित्रै गोल गरे ।

खेलको दोस्रो मिनेटमा राेशन राना मगरको गोलमा ब्रिगेड व्वाइजले अग्रता लियो । तर दुई मिनेटपछि नै पुलिसका बुद्ध तामाङले गोल गरेर खेल बराबरीमा ल्याए ।

त्यसपछि खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् ।

बराबरीपछि ८ खेलबाट ७ अंकसहित पुलिस ११ औं स्थानमा यथावत छ । ब्रिगेड व्वाइज क्लब ८ खेलबाट ६ अंकसहित १२ औं स्थानमा छ ।

खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले पाएकाे अवसर सदुपयाेग गर्न नसक्दा बराबरीमा रोकिनुपरेको बताए ।

ब्रिगेड व्वाइजका प्रशिक्षक सनाेज श्रेष्ठले सुरुमै गाेल गरेपनि विपक्षी टिमका खेलाडी मार्किङमा चुक्दा बराबरीमा चित्त बुझाउनुपरेको बताए ।

साभार : अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds