१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

कर्णालीमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय नाघ्यो

दैलेख : कर्णाली प्रदेशका कोरोना संक्रमितको संख्या ७ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ३७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ सय ८ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २५ जना, सुर्खेतमा ९ जना र जाजरकोटका ३ जनामा कोरोना पुष्टि भएको हो ।  

दैलेखको एउटै गाउँपालिकामा एकै दिन २५ जनामा संक्रमण देखिएको हो । जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ का एक, २ मा चार, ३ मा एक, ४ मा १३ र ५ मा छ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या तीन सय ८६ पुगेको छ । 

यस्तै सुर्खेतको बराहताल गाउँपालिकाका-४ का एक जना, गुर्भाकोट नगरपालिका वडा नम्बर १२ का दुई जना, १४ का पाँच जना, सिम्ता गाउँपालिका-३ का एक जनामा कोरोना पुष्टि भएको छ । जाजरकोटको छेडागाड नगरपालिका-१२ का दुई जना र शिवालय गाउँपालिका १ का एक जनामा संक्रमण देखिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका १८ जना कोरोना संक्रमित निको घर फर्किएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीले बताए । यो सँगै कर्णाली प्रदेशका २९ जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएका मध्ये ३ जनाको मृत्यु भएको डा. तिवारीले जनाए । 

दैलेखमा कोरोना संक्रमितको संख्या ३८६ पुग्यो

एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ३ सय ८६ पुगेको छ । बुधबार डुङ्गेश्वर गाउँपालिकाका २५ जनामा कोरोना संक्रमण देखिएको हो ।  योसहित संक्रमितको संख्या तीन सय ८६ पुगेको हो । संक्रमितमध्ये नारायणका १९४, दुल्लुका ३९, चामुण्डाविन्द्रासैनीका १ र आठबीस नगरपालिकाका २ जना छन् ।

यस्तै डुङ्गेश्वरका २८, महाबुका एक सय ८, भैरबीका २,  गुराँसका २ र नौमूले गाउँपालिकाका १० जना छन् । तीमध्ये चारजना निको भएर घर फर्किएका छन् भने एकजनाको मृत्यु भएको छ। 

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds