१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

‘काउन्सिल प्रेसिडेन्ट अवार्ड’ नेपाललाई

काठमाडौँ, २८ जेठ (रासस) ः अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी
क्यानडा प्रस्थान गर्नुभएको छ ।

आइकाओको प्रधान कार्यालय मन्ट्रियलमा यही जेठ २९ गते हुने ‘काउन्सिल प्रेसिडेन्ट अवार्ड’ ग्रहण गर्न मन्त्री अधिकारी आइतबार राति त्यसतर्फ जानुभएको पर्यटन मन्त्रालयले जनाएको छ । उडान सुरक्षा सुपरीवेक्षणका क्षेत्रमा नेपालले हासिल गरेको उल्लेखनीय प्रगतिलाई कदर गर्दै आइकाओले सम्मान दिन लागेको हो ।

उडान सुरक्षाका क्षेत्रमा आइकाओबाट औँल्याइएको गम्भीर कमजोरीलाई निराकरण गर्न नेपालले गरेको अथक प्रयासका कारण सन् २०१७ जुलाई ४ मा सम्पन्न उडान सुरक्षा सम्परीक्षणपछि नेपाल गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटेको थियो ।

नेपालले उडान सुरक्षाका क्षेत्रमा गरेको कामको आइकाओबाट हुने कदर नेपालको उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । मन्त्री अधिकारी आगामी असार ६ गते स्वदेश फर्कने उहाँको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्री अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम पनि जानुभएको छ ।

2018-06-11 18:16

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds