१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

कानेपोखरी खुला दिसामुक्त घोषणा

 

उर्लाबारी, मोरङ, २९ जेठ (रासस) ः मोरङको कानेपोखरी गाउँपालिका औपचारिकरुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ ।

सोमबार भएको एक कार्यक्रमका बीच प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका संयोजक नरेश पोख्रेल र विशेष अतिथि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेलाई प्रमाणपत्र हस्तान्तरण गर्दै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले स्वास्थ्य नै धन हो भन्दै सिंगो मोरङ जिल्ला नै खुल्ला दिसामुक्त जिल्ला घोषणाको संघारमा रहेको बताउँदै समाजमा अन्धविश्वास अझै रहेकाले शौचालय बन्न नसकेको र यसलाई विस्तारै निरुत्साहित गरेर शौचालय बनाउँदै जानुपर्ने बताउनुभयो ।

घोषणा गरिएका मोरङ जिल्लाको १७ वटा स्थानीय तहमध्ये कानेपोखरी गाउँपालिका ८ औँ मा पर्दछ । अन्य नौवटा स्थानीय तहमा घोषणा हुन बाँकी छ । २०६८ सालको जनगणनाअनुसार कानेपोखरी गाउँपालिकामा घरपरिवार संख्या आठ हजार ६८३ रहेका छन् । २०७५ साल जेठसम्म घरधुरीको संख्या आठ हजार ८६७ रहेको गाउँपालिकाको तथ्यांकमा उल्ल्ेख रहेको छ ।

सोमध्ये आठ हजार ८६२ घरले शौचालय बनाएर प्रयोग गर्दै आएको गाउँपालिकाको अध्ययनले देखाएको छ । ९१ घरधुरीमा शौचालय निर्माण बाँकी रहेकोमा जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयबाट प्राप्त पाइप र कानेपोखरी गाउँपालिकाबाट विनियोजित रु दुई लाख बजेटबाट शौचालय निर्माण गरी खुला दिसामुक्त गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष काफ्लेले बताउनुभयो । कानेपोखरी गाउँपालिकाभित्र पाँचवटा सार्वजनिक शौचालय रहेका छन् ।

2018-06-12 10:30

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds