१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

कैलालीमा एक कोरोना संक्रमित भेन्टिलेटरमा

३२ जेठ कैलाली । कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको स्वास्थ्यमा जटिल समस्या देखिएपछि सेती प्रादेशिकको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

जिल्लाको गोदावरी नगरपालिका ७ का ४३ बर्षीय पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको सेती अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । विगत दुई दिनदेखि धनगढीकै नवजीवन अस्पतालको आईसीयूमा उपचाररत उनलाई संक्रमण पुष्टि भएपछि अस्थायी कोरोना अस्पतालमा ल्याएर उपचार भइरहेको श्रेष्ठले जानकारी दिए ।

‘उहाँलाई स्वासप्रश्वासमा समस्या छ’ उनले भने ‘अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ ।’ उनी बस चालक रहेको गोदावरी नगरपालिकाले जनाएको छ ।

मृतक महिलासँगै उपचाररत पुरुषमा पनि संक्रमण

२३ जेठमा कोरोना संक्रमणबाट मृत्यु भएकी कैलाली ५५ बर्षकी महिलासँगै वीरंग हेल्थ केयरमा उपचार गराइरहेका थप एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीसँगै वार्डमा रहेका धनगढी उपमहानगरपालिका ३ का ४३ बर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको डाइलासिस वार्डका व्यवस्थापक दीपक भट्टले बताए ।

त्यो बेला वार्डमा रहेका १२ जनाको स्वाब संकलन गरिएकोमा ६ जनाको रिपोर्ट आएको छ भने ६ जनाको आउन बाँकी रहेको उनले जानकारी दिए ।

संक्रमित पुरुष अहिले पनि घरमै छन् । यस बिषयमा कसैले चासो नदिएको वडाध्यक्ष बलबहादुर ऐरले बताए । ‘मैले सबै ठाउँमा भनिसकेको छु, तर, कसैले चासो दिएको छैन’ उनले भने ।

मृतक महिलाको उपचारमा संलग्न ७ जना अहिले क्वारेन्टिनमा छन् । एक साता बितिसक्दा पनि उनीहरुको स्वाब संकलन हुन सकेको छैन । ‘हामी क्वारेन्टिनमा सुरक्षित ढंगले बसेका छौं’ उनले भने ‘किट छैन भन्दै हाम्रो स्वास्थ्य परीक्षण भएको छैन ।’

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds