१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

कैलालीमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु

२६ पुस, धनगढी । नेकपा (एमाले) जिल्ला कमिटी कैलालीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

धनगढीस्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा मतदान जारी छ । दिउँसो १ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

जारी मतदानमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा छन् ।

यसअघि आइतबार बिहान ८ बजेका लागि तोकिएको मतदान निर्वाचन समितिले प्राविधिक कारणले भन्दै दिउँसोसम्म सारेको थियो । तर साँझसम्म मतदान प्रक्रिया शुुरु हुन सकेको थिएन ।

मतदानमा ढिलाइ भएको भन्दै प्रतिनिधिहरू आक्रोशित भएपछि महाधिवेशन स्थलमा तनाव सिर्जना भएको थियो ।

दुुई पक्षबीचको विवादका कारण निर्वाचन समितिले सोमबारसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो ।

साभार : अनलाइनखबर

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds