४ वैशाख २०८१, मंगलवार
(नेपाली समय)
४ वैशाख २०८१, मंगलवार
नेपाली समय

कोरोना संक्रमित ७८ लाख नाघे, चार लाख ३० हजारभन्दा बढीको मृत्यु

३२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ७८ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख १० हजार ६३० पुगेको छ ।

सबैभन्दा बढी अमेरिकामा २० लाख ७४ हजारभन्दा बढी संक्रमित फेला पर्दा ब्राजिलमा आठ लाख ५० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । रुसमा संक्रमितको संख्या पाँच लाख २८ हजार नाघेको छ ।

त्यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार लाख ३० हजार ५५० पुगेको छ । मृत्यु हुनेमध्ये सबैभन्दा बढी अमेरिकामा एक लाख १५ हजार ४३६, ब्राजिलमा ४२ हजार ७२० र बेलायतमा ४१ हजार ७४७ पुगेका छन् ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका ३७ लाख २२ हजार ७५६ संक्रमित निको भइसकेका छन् ।

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds