१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट राना सम्मानित

पोखरा, ३१ जेठ (रासस) ः राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित कौरा संरक्षण पत्रकारिता पुरस्कार—२०७५ बाट नवलपरासीकी पत्रकार कमला रानामगर सम्मानित हुनुभएको छ । 

पत्रकारिताको माध्यमबाट मगर समुदायको लोकप्रिय नृत्य कौराको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई नगद रु पाँच हजार एकसहित सम्मानपत्र, दोसल्ला र खादाले सम्मान गरिएको हो । 

प्रदेश नं ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच पत्रकार रानालाई सम्मान गर्दै संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु अपरिहार्य रहेको बताउनुभयो । 

प्रदेशसभा सदस्य रोशन गाहामगरले मगर जाति सांस्कृतिकरुपमा सम्पन्न भएको उल्लेख गर्दै मुलुकको महत्वपूर्ण सांस्कृतिक सम्पदाका रुपमा रहेको कौरा नृत्यको प्रचारप्रसारमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालविज्ञ समितिका संयोजक यामबहादुर आलेमगरले साँस्कृतिक वास्तविकता र मौलिकतालाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय संरक्षक झकबहादुर थापामगर, पुरस्कार संस्थापक राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका केन्द्रीय अध्यक्ष हर्क आलेमगर, प्रतिभा छनोट समितिका संयोजक एवं नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगर, नेपाल महिला मगर संघ जिल्ला अध्यक्ष नुनु रानामगर, तमु सञ्चारकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष शान्ति गुरुङलगायतले भाषिक, सांस्कृतिक पहिचानका विषयमा बोल्नुभएको थियो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds