१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

खाना खानसाथ यस्तो गल्ती त भइरहेको छैन ?

शरीरलाई निरोगी, तन्दुरुस्त राख्न कस्तो खानेकुरा खाने भन्ने कुरा मात्र काफी छैन । कसरी पकाउने, कतिबेला खाने, कति खाने, कसरी खाने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैगरी खाना खानुअघि के गर्ने, खाना खाइसकेपछि के गर्ने वा नगर्ने भन्ने कुराले पनि यसमा अर्थ राख्छ ।

जस्तो कि, खाना खानुअघि पानी सेवन गर्नु उचित मानिदैन । खाना खानुभन्दा आधा वा एक घण्टा अघि पानी पिएको हुनुपर्छ । खाना खाए लगत्तै पानी पिउनु पनि उचित हुँदैन ।

खाना खानसाथ शरीरमा त्यसलाई पचाउने प्रंक्रिया सुरु हुन्छ । त्यसैले पाचन प्रक्रियालाई सहज बनाउनका लागि हामीले केही कुरामा सावधानी अपाउनुपर्छ ।

जस्तो कि, खाना खाए लगत्तै बज्रासनमा बस्नु एकदमै उपयुक्त हुन्छ । बज्रासनमा बस्दा पाचन प्रक्रिया सहज र चुस्त हुन्छ । कम्तीमा पाँच मिनेट यस किसिमको आसनमा बस्नु राम्रो मानिन्छ । यद्यपि खाना खाए लगत्तै, हिँड्नु, पानी पिउनु, चिया वा चुरोट सेवन गर्नु राम्रो हुँदैन । यस किसिमको गतिविधिले शरीरमा नकारात्मक असर पार्छ ।

खाना खाए लगत्तै हिँड्नु

खाना खानसाथ तुरुन्तै हिँड्नु सहि हुँदैन । किनभने यसले रक्त संचारमा प्रभाव पार्छ । यस्तोमा पाचन प्रक्रिया पनि सहि हुँदैन । खाना खाएको आधा घण्टापछि मात्र टहल्नु राम्रो हो ।

चिया पिउनु

खाना खाएको दुई घण्टाबीचमा चिया पिउनु हुँदैन । किनभने चियाको पातमा एसिडिक तत्व हुन्छ । त्यसैले खाना खाए लगत्तै चिया पिउँदा प्रोटिनको डाइजेशन सहि ढंगले हुन पाउँदैन ।

फलफूल सेवन

खाना खाएको एक घन्टापछि मात्र फलफूल सेवन गर्न सकिन्छ । खाना खाए लगत्तै फलफूल सेवन गर्दा त्यो पचाउन गाह्रो हुन्छ । त्यसको न्यूट्रिशन शरीरले ग्रहण गर्दैन । फलतः एसिडिटी वा डाइसेसनको समस्या हुनसक्छ ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds