१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

खुकुलो लकडाउनको मापदण्ड : भिडभाडमा २ मिटरको दूरी, घरबाहिर अनिवार्य मास्क

२ सय भन्दा बढी केस देखिए पूर्ण लकडाउन

३० जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन खुकुलो बनाएका बेला कोरोना महामारी रोकथामका उपायसहितको मापदण्ड ल्याएको छ ।

कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यको मापदण्ड–२०७७ मा महामारीबाट बच्न जमघटमा २ मिटर दूरी कायम गर्न, घरबाहिर निस्कदा मास्क अनिवार्य लगाउन र नियमित हात धुनुपर्ने उल्लेख गरिएको छ ।

मास्क सर्जिकल वा ३ तहको कपडाको मास्क लगाउन भनिएको छ । त्यस्तै सबै सार्वजनिक स्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानिटाइजसको अनिवार्य व्यवस्था मिलाउने पनि मापदण्डमा उल्लेख छ ।

त्यस्तै मापदण्डमा अनावश्यक वस्तु तथा सतह नछुने, आँखा कान र मुखमा अनावश्यक नछुने, खोक्दा वा हाँच्छ्यु गर्दँ रुमालले वा कुहिनाले मुख छोप्ने, सार्वजनिक स्थलमा नथुक्ने, पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमबाट गर्ने, ज्वरो आएको, खोकी लागेको र श्वासप्रश्वासमा समस्या भएका व्यक्ति अरुको सम्पर्कमा नजाने पनि उल्लेख गरिएको छ ।

कार्यालयहरुले प्रत्येक दिन काम सुरु गर्नुअघि सबैको ज्वरो नाप्ने र १००.४ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो देखिए काममा नलगाउने, फेस रिडिङबाट हाजिरको व्यवस्था मिलाउने वा सुपरीवेक्षकले अभिलेख राख्ने, खोकी लागेका र श्वासप्रश्वासमासमस्या देखिएका व्यक्तिलाई काममा नलगाउने, उपचार र आरामको व्यवस्था मिलाउनुपर्नेछ । त्यस्तै शौचालय दिनमा कम्तीमा २ पटक सरसफाइ गर्ने, धेरै प्रयोग हुने ढोका, टेबुल, मेसिनका ह्यान्डलहरु बारम्बार सफा गरिरहने पनि मापदण्डमा उल्लेख छ ।

उच्च जोखिमयुक्त क्षेत्रका रेष्टुरेन्ट र क्यान्टिनले खाना प्याकिङ गरेर लैजाने व्यवस्था गर्ने, कम जोखिमयुक्त क्षेत्रका होटल रेष्टुरेन्टले २ मिटरको दूरीमा रहने गरी खाने र बस्ने व्यवस्था गर्ने र भान्सामा पनि २ मिटरको दूरी कायम गर्नुपर्नेछ । होटलको कोठामा बस्दा श्रीमान श्रीमती र परिवारका निकट व्यक्तिबाहेक अन्यलाई रुम सेयर गर्न नदिने पनि मापदण्डमा उल्लेख गरिएको छ ।

व्यक्तिलाई छोएर सेवा दिनुपर्ने जस्तै स्वास्थ्य सेवा, ब्युटी पार्लर, कपाल काट्ने व्यक्तिले मास्क पञ्जा लगाउने र साबुन पानीले हात धुने व्यवस्था मिलाउने, स्वास्थ्यकर्मीले बिरामी जाँच्दा मेडिकल मास्क लगाउने, मुख वा घाँटीको परीक्षण गर्दा एन ९५ मास्क लगाउने मापदण्ड बनेको छ ।

कुनै जिल्लामा ५० जनासम्म संक्रमित भए सुरक्षाका उपाय अपनाएर पेशा व्यवस्था सञ्चालन गर्ने, ५१ देखि १०० जनासम्म संक्रमित भए तोकिएको समयभित्र मात्र पेशा व्यवसाय सञ्चालन गर्ने र २ सय भन्दा बढी संक्रमित भए पूर्ण रुपमा बन्दाबन्दी गर्ने मापदण्डमा उल्लेख छ ।

हेर्नुहोस् मापदण्ड

कोभिड-१९-को-महामारी-र-व्यवस्थित-बन्दाबन्दीमा-जनस्वास्थ्यका-मापदण्ड_२०७७

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds