७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

गृहमन्त्री बादल र नेपालका लागि इराकका राजदुतबीच भेटवार्ता


काठमाडौँ, १९ मंसिर । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि इराकका नवनियुक्त गैरआवासिय राजदुत डा.फलाह अब्लुल्हसन अब्दुलसदाले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–इराक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले राजदुत डा. अब्दुलसदालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्तगर्नुभयो ।
उहाँले इराकमा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको बताउँदै त्यहाँ रहेको नेपालीको सुरक्षामा विशेष ध्यान दिन राजदुत डा. अब्दुलसदासँग आग्रह गर्नुभयो ।
नेपालले भ्रमण वर्ष २०२० मनाउन गईरहेको सन्दर्भमा इराकबाट थप पर्यटकहरुको आगमनका लागि वातावरण बनाईदिन राजदुतसँग गृहमन्त्री थापाले आग्रह गर्नुभयो ।
राजदुत डा. अब्दुलसदाले इराकमा रहेका नेपालीहरुको सुरक्षामा आफुहरु गम्भिर रहेको बताउँदै इराकको विकासमा नेपालीहरुको महत्वपुर्ण योगदान रहेको चर्चा गर्नुभयो ।
उहाँले आतकंवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै आतकंवाद विरुद्ध आफुहरुको लडाईमा नेपालको समेत साथ रहने विश्वाँस व्यक्तगर्नुभयो ।
उहाँले भारतमा वर्षेनी ८० हजार इराकी पर्यटकको रुपमा आउने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपालले इराकीलाई प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाए नेपाल भ्रमण वर्षमा ठुलो संख्यामा इराकी नेपालमा भ्रमण गर्ने बताउनुभयो ।
जवाफमा गृहमन्त्री थापाले इराकीहरुका लागि प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाउन आफुले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो । –––

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds