६ वैशाख २०८१, बिहीवार
(नेपाली समय)
६ वैशाख २०८१, बिहीवार
नेपाली समय

चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष जानकारी

काठमाडौँ, १० असार (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराउनुभएको छ । 

प्रधानमन्त्री ओलीले आज बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो । 

चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही असार ५ गते प्रधानमन्त्री ओली चीन जानुभएकोमा भ्रमण सम्पन्न गरी आजै स्वदेश फिर्ता हुनुभएको हो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds