१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

जापानमा भूकम्प, दुइको मृत्यु

टोकियो, ४ असार (रासस÷एएफपी) : जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको खबर छ । 

सो भूकम्पमा परी दुइ जनाको मृत्यु भएको छ । भूकम्प ५.३ म्याग्निच्युडको रहेको बताइएको छ । त्यसमा परी अर्काे एकजनाको पनि ज्यान गएको अनुमान गरिएको छ । तर पुष्टि भएको छैन । 

भूकम्पमा परी केही व्यक्ति घाइते भएका जापान सरकारका प्रमुख सचिव यासिहिदे सुगाले जनाएका छन् । उनले मृत्यु हुनेमा एकजना ८० वर्षीय बृद्ध र नौ वर्षिया बालिका रहेका बताइएको छ । 

सोमबार बिहानको व्यस्त समय सो भूकम्प गएको छ । उद्धारकार्य जारी रहेको जापानको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी अधिकारीले जानकारी दिएका छन् । 

प्रमुख सचिव सुगाले भूकम्पमा परी २० जना स्थानीय घाइते भएका समाचार दाताहरुलाई बताउनु भएको छ । भूकम्प ५.३ म्याग्निच्युडको मात्र रहेको भए पनि धेरै गहिरोगरी यसको केन्द्रबिन्दु नरहेकोले क्षति हुन पुगेको बताइएको छ । 

स्थानीय प्रहरीका अनुसार ओसाका शहरको उत्तरमा पर्ने ताकात्सुकि इकामा एकजना नौ वर्षीया बालिकाको मृत्यु भएको हो । 

स्थानीय सञ्चारमाध्यमका अनुसार ५.३ म्याग्निच्युडको मापन गरिएको सो भूकम्पको कारण विद्यायलको पर्खाल भत्किएर ती बालिकाको मृत्यु भएको थियो । 

अर्का एकजना ८० वर्षीय बृद्धको पनि पर्खाल भत्किएर नै मृत्यु भएको जापानी सञ्चार माध्यमले जानकारी दिएका छन् । 

अर्का एक व्यक्ति आफ्नै घरमा पुस्तक राख्ने दराजमा च्यापिएकोले उनको उद्धार जारी रहेको बताइएको छ । स्नाथीय समयाअनुसार सोमबार बिहान ८ बजे सो भूकम्प गएको बताइएको छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds