१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

जैविक घडी : हाम्रो शरीरको अद्भूत प्रणाली

बिहान धर्तीमा उज्यालो छाएसँगै हामी करिब ७–८ घण्टाको निद्राबाट ब्युँझन्छौं । शरीरमा ताजापन महसुष हुन्छ । स्फूर्ति बढ्छ । जति–जति दिन ढल्दै जान्छ, आफ्नो शरीर थाक्दै गएको अनुभव हुन्छ । घाम अस्ताउँछ । रात पर्छ । हाम्रो शरीरले विश्राम खोज्छ । निद्रा लाग्छ ।

यो अति सरल उदाहरण हो, कसरी प्रकृतिसँग हाम्रो शरीरले लय मिलाइरहेको हुन्छ भन्ने । यसरी उठ्ने, सुत्ने, खाने, श्रम गर्ने जुन प्रक्रिया हुन्छ, त्यसलाई शरीरभित्रको एउटा संयन्त्रले निश्चित समय–चक्रमा समेटेको हुन्छ । सोही समय–चक्र अनुसार नै हाम्रो शरीर सञ्चालन हुन्छ ।

समय, मौसम एवं प्रकृतिसँग तालमेल मिलाउँदै एउटा निश्चित प्रक्रियाभित्र सञ्चालित हुनु नै जैविक घडी हो । यसले मानव शरीर एवं जीवलाई समय अनुसार व्यवस्थित गर्छ । जैविक घडीको सोझो तालमेल पृथ्वीको गति र प्रक्रियासँग हुन्छ ।

हाम्रा पितापूर्खाले सदियौं बर्षअघि यस जैविक घडीको पहिचान गरेका थिए । सूर्य, चन्द्रमा, ग्रह एवं नक्षत्रको गतिविधिद्वारा समयको हिसाब किताब राख्ने एउटा विज्ञान विकासित गरे । सोही अनुरुप जैविक घडीको पहिचान गरी बिहान, दिउँसो, साँझ, रातको विभाजन गरे । काल, क्षण, प्रहरको बर्गिकरण गरे । यसरी खाने, बस्ने, सुत्ने, काम गर्ने, मनोरञ्जन गर्ने क्रियाकलपालाई समयबद्ध गरे । जैविक घडी अनुसार नै शारीरिक गतिविधिलाई नियमित गर्नुपर्छ भनेर अभ्यास गरेर पुस्तौं–पुस्ताका लागि सोही कुरा सिकाउँदै आए ।

पछि आएर आधुनिक विज्ञानले सोही कुरा पुष्टि गर्दै कसरी जैविक घडीले शरीरलाई नियन्त्रण गर्छ भन्ने तथ्य बाहिर ल्यायो । वैज्ञानिक जेफ्रे सी हाल, माइकल रोसबास र माइकल डब्ल्युले यस सम्बन्धी खोज गरे । उनीहरुले आफ्नो शोधमा यो कुरा उल्लेख गरे कि, जैविक घडीको सोझो तालमेल पृथ्वीको चक्र अनुसार हुन्छ । त्यसैले हाम्रो शरीरले दिन र रातलाई सहजै महसुष गर्न सक्छ ।

यही खोजका लागि उनीहरुलाई चिकित्सातर्फको नोबेल पुरस्कार समेत दिइयो ।

उनीहरुको खोज अनुसार वायोलोजिकल क्लक अर्थात जैविक घडी यस किसिमले लयबद्ध भएको हुनछ कि जसको सोझो तालमेल पृथ्वीको चक्र अनुसार हुनछ । यही कारण शरीरमा परिवर्तन हुन्छ । जस्तो रात ९ बजे शरीरलेमा मेलाटोनिक स्राव हुन्छ । यही कारण हामीलाई निद्रा लाग्छ । रातको दुई बजे गहिरो निद्राको समय हो । बिहान ४ बजेर ३० मिनेटमा शरीर सबैभन्दा कम तापमानमा रहन्छ ।

यसैगरी बिहन ६ बजेर ४५ मिनेटमा रक्तचाप तिब्र बढ्छ । यही कारण धेरैको यो समयमा निद्रा खुल्छ । बिहान साढे दश बजे शरीरलाई सबैभन्दा बढी सक्रियता चाहिन्छ । उनीहरुको खोजको निचोड के थियो भने, ‘कसरी बोटबिरुवा, जनवार र मान्छेले आफ्नो जैविक लय अनुकुल बनाउँछ, ताकि यो धर्तीमा आउने परिवर्तनसँगै सामान्जस्य मिलाएर बस्न सकियोस् ।’ साथै खोजमा के पनि पाइयो भने, जब हामी यो जैविक घडी भन्दा विपरित ढंगले जीवन सञ्चालन गर्छौं त्यसले अनेक किसिमको रोगको भय बढाइदिन्छ । अर्थात जैविक घडी अनुसार नै हामीले आफ्नो शारीरिक गतिविधिहरुलाई सन्तुलित र नियमित राख्नुपर्छ । यदि त्यसो गरिएन भने अनेकन रोगले शरीरलाई गाँज्न सक्छ ।

धर्तीको परिक्रमा अनुसार नै हाम्रो शरीरले आफुलाई लयवद्ध र व्यवस्थित गरिरहेको हुन्छ । हामी शरीरको यो प्रक्रिया विपरित गएमा रोग पैदा हुन्छ ।

हाम्रा पूर्खाहरुले हाम्रो शरीरभित्र यस घडीलाई अरु विस्तृतमा खोज गरेका छन् । उनीहरुका अनुसार शरीरभित्र यो घडी तीन प्रकारको हुन्छ । एक, शारीरिक समय चक्र । दोस्रो, मानसिक समय चक्र । तेस्रो आत्मिक समय चक्र ।

प्रत्येक व्यक्तिको जन्म, जीवन र मृत्य समय तय हुन्छ । यो उनले स्वयम् प्रकृतिसँग मिलेर तय गरेको हो ।

बिहान सूर्योदयदेखि सूर्योअस्तसम्म, सूर्योअस्तदेखि सूर्योदयसम्म समयले एउटा चक्र बनाउँछ । त्यही चक्र अनुरुप हामीलाई निद्रा लाग्छ, निद्रा खुल्छ, भोक लाग्छ । यस क्रममा शरीरमा त्यही किसिमले परिवर्तन भइरहन्छ, जसरी प्रकृतिमा भइरहेको हुन्छ ।

जसरी सूर्य उदय र अस्त हुन्छ, त्यसैगरी चन्द्रमा पनि उदय र अस्त हुन्छ । मंगल, शुक्र, शनि, बुध, बृहस्पति पनि उदय र अस्त भइरहन्छ । सबैको उदय र अस्त हुने क्रमको बीचमा एक छाया काल आउँछ, त्यसलाई कतिपयले राहु र केतु काल भन्ने गरेका छन् । यसको सबैभन्दा बढी असर धर्तीको धू्रवमा हुन्छ ।

यी सम्पूर्ण चलायमान जगतका साथमा व्यक्तिको प्रकृति जोडिएको छ र त्यही आधारमा आन्तरिक जैविक घडी निर्मित भएको हो । प्रकृतिले नै मान्छेलाई खाने, सुत्ने, उठ्ने, अन्य क्रिया गर्नका लागि समय निर्धारण गरिदिएको छ । तर, मन्छेले यो जैविक घडी अनुकुल होइन, विपरित गतिविधि गर्न थालेको छ ।

जस्तो अधिकांश प्राणी सूर्योदयसँगै उठ्छ । मान्छे सुतिरहेको हुन्छ । अधिकांश प्राणीले मौसम अनुकुल खानेकुरा खान्छ । तर, मान्छेले बेमौसमी खानेकुरामा रुची गर्छ । अधिकांश प्राणीले मैथुन क्रिया निश्चित समयमा गर्छ । मान्छेले जथाभावी गर्छ । यसरी मान्छे जैविक घडी विपरित गएका छन् । नतिजा, अनेक रोगले मान्छेलाई आक्रन्त बनाउँदैछ ।

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds