८ वैशाख २०८१, शनिवार
(नेपाली समय)
८ वैशाख २०८१, शनिवार
नेपाली समय

ट्राफिक प्रहरी कार्यालय भवन शिलान्यास

१ असार (रासस) ः जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको आज शिलान्यास गरिएको छ । 

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रदेश नं ४ प्रहरी प्रमुख दानसिंह बोहोराले भवनको संयुक्तरुपमा शिलान्यास गर्नुभयो । 

पोखरा लेखनाथ महानगरपालिका –९ स्थित ८–६–३–२ क्षेत्रफलमा कूल रु एक करोड ६० लाखको लागतमा भवन निर्माण गर्न लागिएको हो । 

शिलान्यास समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई सुन्दर र व्यवस्थित शहर बनाउनका लागि ट्राफिक व्यवस्थापन अपरिहार्य भएको बताउँदै यसको प्रभावकारिताका लागि निर्माणाधीन भवन उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रदेश नं ४ प्रहरी प्रमुख प्रनामनि दानसिंह बोहोराले भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो । 

भवन निर्माण समितिका अध्यक्ष दिलीपराज श्रेष्ठले निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो । (तस्वीर उपलब्ध छ) 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds