१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

तस्करी रोक्दाको उपलब्धि सामान पक्राउ 

सर्लाही । तस्करीको मुख्य अखडाका रूपमा चिनिएको २ नम्बर प्रदेशमा यतिबेला भने तस्करहरूले सोचेजस्तो तस्करी हुन पाएको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै जना डिआइजीले दिएको निर्देशन र अनुगमन अनुरूप मातहतका जिल्लाका एसपीहरूले समेत त्यसलाई कार्यान्वयन गर्दा तस्करी नियन्त्रणभन्दा पनि कमी आएको प्रष्ट हुन्छ । त्यसको प्रत्यक्ष असर तस्करीको सामान पक्राउ परेको कुराले पुष्टि गर्दछ । सर्लाही जिल्लामा सशस्त्र प्रहरी बलका तर्फबाट गतवर्षको ६ महिनाको अवधिमा मुस्किलले ५४ लाख रूपैयाँबराबरको मात्रै तस्करीको सामान पक्राउ गरी सर्लाही भन्सारमा बुझाउने कार्य भएको थियो । तर यस आर्थिक वर्षको ६ महिनाको अवधिमा ७० लाखभन्दा बढीको तस्करीको सामान पक्राउ गरी भन्सारमा बुझाएको जानकारी सशस्त्रका एसपी समरबहादुर श्रेष्ठले दिएका छन् । श्रेष्ठले भने– तस्करी खोल्नका लागि व्यापक दबाब र प्रलोभनका कुराहरू आए पनि आफूले संगठन प्रमुख शैलेन्द्र खनाल र प्रदेश प्रहरी प्रमुख प्रवीणकुमार श्रेष्ठको निर्देशन बमोजिम त्यस्ता प्रलोभनमा नपरी तस्करीको सामान नियन्त्रण गर्ने अभियान नै चलाएको दावी गरे । यसका लागि आफूले मकेन्द्र महतोको सिभिल टोली परिचालन गरेको र उनीहरूकै सूचनाका आधारमा तस्करीका सामानहरू पक्राउ गर्ने कार्य भएको बताए । तराईमा सिभिलमा प्रहरी परिचालन नगरी सूचना नै संकलन नहुने भएकाले सानो टोली सिभिलमा परिचालन गरिएको र उनीहरूकै सूचनाका आधारमा ६ महिनामा ७० लाखभन्दा बढीको तस्करीको सामान पक्राउ गरी भन्सारमा बुझाएको उनले बताए । सर्लाहीको खासगरी मलंगवा, बलरा, त्रिभुवन नगर र सिम्रा तस्करीका लागि चर्चित नाकाहरू हुन् । यी ठाउँहरूमा सूचना संकलन गर्नका लागि गणबाट सिभिलमा प्रहरीहरू परिचालन गरेपछि तिनकै सूचनाका आधारमा यति ठूलो परिमाणमा तस्करीका सामान समातिएको एसपी श्रेष्ठले जानकारी दिए । सर्लाहीमा ६ वटा बिओपीहरूसमेत रहेका छन् । त्रिभुवन नगर, सिम्रा, मधुवनी, बलरा, संग्रामपुर र खुटौनामा प्रहरी निरीक्षकको नेतृत्वमा बिओपीहरू परिचालित छन् ।

साभारः नव जनप्रहार

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds