१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

तुलसीपुरका विद्यालय तीन दिन बन्द हुने

तुलसीपुर, दाङ २९ जेठ (रासस) ः तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनसम्म गर्मी बिदा हुने भएको छ । 

शिक्षा समितिको आज बसेको बैठकले चर्को गर्मीका कारणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको र अध्यापन कार्यपनि प्रभावकारी नभएकाले बिदा दिने निर्णय गरिएको संयोजक देवराज विकले बताउनुभयो । 

उहाँले वार्षिक विदाबाट कट्टी हुने गरी आगामी असार १ गतेसम्मका लागि बिदा गरिएको पनि बताउनुभयो । अचानक गर्मी बढ्दा विद्यार्थीलाई असर परेको भन्दै विभिन्न विद्यार्थी संगठन, अभिभावक र सरोकारवालाले विदाका लागि आवाज उठाउँदै आएका थिए । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds