१३ वैशाख २०८१, बिहीवार
(नेपाली समय)
१३ वैशाख २०८१, बिहीवार
नेपाली समय

थप २७९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ‍‍चार हजार तीन सय ६४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २७९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको हो । मंगलबार मात्र ३२३  जनामा संक्रमण पुष्टि भएको थियो । 

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ । बुधबार ९० जना डिस्चार्ज भएका हुन् । 

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख १० हजार सात सय ४४ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट एक लाख ७२ हजार आठ सय ८० को नमुना परीक्षण गरिएको छ ।  पछिल्लो २४ घण्टामा पीसीबार विधिबाट चार हजार चार सय १४ नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ६ हजार आठ सय २२ जनाको नमुना परीक्षण गरिएको छ । 

अहिले क्वारेन्टाइनमा एक लाख ७२ हजार दुई सय ६६ जना बसेका छन् भने तीन हजार ६ सय ७५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । 

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds