१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

दुई विधेयक पारित

पोखरा, ३१ जेठ (रासस) : प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक पारित भएको छ । 

आजको बैठकमा दुवै विधेयकमाथि दफावार छलफलपछि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले पारित गरेको हो । 

बैठकमा प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भयो भने वित्त व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । 

यसअघि प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरू मीनप्रसाद गुरुङ, मेखलाल श्रेष्ठ, चन्द्रबहादुर बुढा, कृष्ण थापा, विन्दुकुमार थापा, दोवाटे विश्वकर्माले प्रदेशको समृद्धि र विकासका लागि राजश्व उठ्नु आवश्यक भएको बताउँदै यसको चुहावट नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा हरिशरण आचार्यले कृषि आयमा कर सम्बन्धमा गरीब व्यवसायी, निर्वाहमुखी साना किसानले उत्पादन गरेका वस्तुमा कर लगाइने छैन भनी उल्लेख गर्न संशोधन प्रस्तुत गर्नुभए पनि उक्त संशोधन बहुमतले अस्वीकृत भएको थियो । 

त्यस्तै प्रदेश वित्त व्यवस्थापन गर्न बनेको विधेयकमाथिको छलफलमा धनञ्जय दवाडी, मणिभद्र शर्माले भाग लिँदै यस विधेयकले बजेटको कार्यान्वयन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । 

सदस्यले उठाएका विषयमा धारणा राख्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशमा आम्दानीको स्रोत बढाउनका लागि राजश्व उठ्नु अपरिहार्य भएका कारण प्रदेश कर तथा गैरराजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याइएको बताउनुभयो । 
अर्को बैठक शुक्रबार ४ बजे बस्नेछ । ९तस्वीर उपलब्ध छ।  

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds