१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

दुर्घटना न्यूनीकरण गर्न रोड सेफ्टी फर्निचर

दमौली, तनहुँ, ६ असार (रासस) ः पृथ्वी राजमार्गको पूर्वको मुग्लिनदेखि पश्चिमको कोत्रेसम्म हुने सडक दुर्घटना न्यूनीकरण गर्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको छ । 

उक्त राजमार्गको ७२ किमी सडकखण्डमा त्यस्तो फर्निचर राख्ने तयारी भइरहेको हो । मुग्लिनदेखि कोत्रेसम्मको सवारी दुर्घटना रोक्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज एवं प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताउनुभयो । 

वर्षा शुरु भएपछि उक्त राजमार्गमा दुर्घटनाको संख्या बढेपछि प्रहरीले त्यसलाई रोक्ने उपाय निकालेको हो, क्षेत्रीले भन्नुभयो । विगतको तुलनामा जेठ र असार महिनामा दुर्घटना बढेका छन् त्यसलाई रोक्न आफूहरु हरतरहको प्रयासमा लागिरहेको क्षेत्रीले बताउनुभयो । 

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सडक छेउछाउमा सेफ्टी फर्निचर राख्न लागेको हो । त्यसका लागि सडक डिभिजन कार्यालय तनहुँका इञ्जिनियरको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यमा प्रहरी निरीक्षक र जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज रहेका छन् । 

सो उपसमितिले एक हप्ताभित्रमा स्थलगत अध्ययन गरी प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्ने बताइएको छ । प्रतिवेदनका आधारमा राजमार्ग छेउछाउमा सेफ्टी फर्निचर राखिनेछ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पनि जिल्लाभित्र दुर्घटना न्यूनीकरण गर्न राजमार्ग क्षेत्रमा सेफ्टी फर्निचर राख्ने तयारी गरिरहेको जानकारी दिनुभयो । 

सो उपसमितिलाई प्रतिवेदन बुझाउन हामीले भनेका छौँ, प्रजिअ शर्माले भन्नुभयो । जिल्ला ट्राफिक प्रहरीले नियमित चेकजाँच, मापसे चेकजाँचमा कडाइ र आकस्मिक जाँच कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता सुनिल मल्लले बताउनुभयो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds