७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

नगरसभा नीति तथा कार्यक्रमः पूर्वाधार विकासमा बढी जोड

भीमदत्तनगर, ११ असार (रासस): कञ्चनपुरका स्थानीय तहले नीति तथा कार्यक्रममा पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । 

आइतबार यहाँको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, महाकाली नगरपालिका, पुर्नबास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । 

प्रायः सबै स्थानीय तहले सडक सञ्चाल विस्तार, विभिन्न भौतिक पुर्वाधार निर्माण तथा पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विकासका कार्यक्रममा बढी जोड दिएका छन् । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्र्दै कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले तेस्रो नगरसभाबाट आव २०७५÷०७६ का लागि रु ५२ करोड ३९ लाखको बजेट प्रस्तुत गर्नुभयो । 

प्रस्तुत नीति तथा कार्यक्रममा नगरको समृद्धि र विकासको यात्रालाई अघि बढाउन कृषि, पर्यटन, उद्योग, पूर्वाधार क्षेत्रको विकास एवं उचित व्यवस्थापन र परिचालन गरी यस नगरको सर्वाङ्गिण उन्नतिको ढोका खोल्ने उल्लेख छ । 
त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्रमा रहेको बेलौरी नगरपालिकको दोस्रो नगरसभामा रु ५२ करोड ८६ लाख ३० हजार आयव्यय बजेट प्रस्तुत गरिएको छ । 

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले संघीय सरकारबाट वित्तीय समानीकरणअन्तर्गत प्राप्त रु १४ करोड ६४ लाख संघीय सरकारबाट प्राप्त सशर्त अनुदानतर्फ कूल रु १५ करोड २८ लाख राजश्व बाँडफाँडबाट प्राप्त रु नौ करोड ४८ लाख ६३ हजार, प्रादेशिक सरकारबाट वित्तीय समानीकरणबाट रु ७६ लाख ४३ हजार, राजस्व बाँडफाँड रु ६५ लाख २५ हजार र आन्तरिक आय स्रोततर्फ रु एक करोड ८० लाख ३२ हजार समेटेर बजेट निर्माण गरिएको बताउनुभयो । 

बेलौरी नगरपालिकाको प्रस्तुत नीति तथा कार्यक्रममा नेपाल–भारत सीमा क्षेत्र विकास कार्यक्रमको लागि रु ६१ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको लागि रु १३ लाखलगायतका विभिन्न कार्यक्रमका लागि बजेट छुट्याइएको छ । 

त्यसैगरी कृष्णपुर नगरपालिकाले आगामी आव २०७५÷०७६ का लागि रु ५९ करोड ८४ लाख २१ हजार ५०० को बजेट प्रस्तुत गरेको छ । तेस्रो नगरसभामा आवका लागि नीति तथा कार्यक्रम नगर कार्यपालिका सदस्य विमला थापाले प्रस्तुत गर्नुभएको हो थियो भने आव २०७५÷०७६ का लागि कृष्णपुर नगरपालिकाले रु ५९ करोड चार लाख २१ हजार ५०० विनियोजन गरेको छ । नगरसभामा पेश गरेको बजेट अनुसार पूँजीगत खर्चतर्फ रु ४४ करोड १९ लाख २१ हजार ५०० र चालूगत खर्च रु १५ करोड ६५ लाख रहेको छ । 

त्यस्तै यहाँको महाकाली नगरपालिकाले आव २०७५÷७६ का लागि रु साढे ४१ करोड अनुमानित बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरसभामा नगर उपप्रमुख चिनी गिरीले अगामी वर्षका लागि रु ४१ करोड ६३ लाख तीन हजार अनुमानित बजेट पेस गर्नुभयो । 

आम्दानीतर्फ वित्तीय समानिकरणबाट रु १२ करोड २२ लाख, शर्शत अनुदान रु ११ करोड ७७ लाख, प्रदेश अर्थमन्त्रालयबाट रु ७३ लाख ४५ हजार, प्रदेश राजश्व बाडफाँडबाट रु २४ लाख १६ हजार, आन्तिरिक स्रोतबाट रु तीन करोड ३८ लाख ४२ हजार र सामाजिक सुरक्षाबाट रु सात करोड अनुमान गरिएको छ । 

यसैगरी, सीमा क्षेत्र विकास कार्यक्रमबाट रु ५० लाख, सडक बोर्डबाट रु ३५ लाख र गत वर्ष अल्या रु पाँच करोड ५० लाख आम्दानी अनुमान गरिएको उपप्रमुख गिरीले बताउनुभयो । 

शुक्लाफाँटा नगरपालिकाले पनि आगामी आव २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्वाधार विकासमा बजेट केन्द्रित गराएको छ । 

शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले नीति तथा कार्यक्रम प्रस्तुत चक्रपथ निर्माण, नगर अस्पतालसम्मको योजना सार्वजनिक गर्नुभयो । 

प्रस्तुत नीति तथा कार्यक्रममा नगर समृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारको विकास, भौतिक पूर्वाधार निर्माण, पर्यटन तथा संस्कृति, वित्तीय तथा सहकारी, सिँचाइ, खेलकुदलगायतका विषय समेटिएका छन् । 

शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख तुलसीदेवी हमालले आव २०७५÷०७६ का लागि रु ४९ करोड २८ लाख, ३५ हजार ७०० अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको छ । कञ्चनपुरमा सात नगरपालिका र दुई गाउँपालिका गरी नौवटा स्थानीय तह रहेका छन् । यहाँको जेठो भीमदत्तनगरपालिकाले एक साताअघि रु एक अर्ब १० करोडको बजेट पारित गरिसकेको छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds