१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

नेकपामा एमसीसी सकस : सचिवालय बैठक अचानक स्थगित

३२ जेठ,काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवाय समितिको बैठक अकस्मात स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे डाकिएको बैठक तोकिएको समयभन्दा एक घण्टाअघि स्थगित भएको हो ।

नेकपाका महासचिव विष्णु पौडेलले आकस्मिक काम परेकाले बैठक स्थगित भएको बताए । त्यो आकस्मिक काम के आइलाग्यो चाहिँ उनले भन्न चाहेनन् । आइतबार अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलबीचको परामर्शबाट बैठक स्थगित भएको छ ।

दुवै अध्यक्ष र महासचिवको परामर्शमा बोलाइएको बैठक आकस्मिक काम परेकाले परामर्शबाटै स्थगित भएको पौडेलले बताए । आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि आमन्त्रण गरिएको थियो ।

नेकपामा एमसीसीको विवाद पेचिलो बन्दै गएको बेला बैठक दोस्रो पटक स्थगित भएको हो । दुवै अध्यक्षबीच छलफल पछिमात्र अब बैठकको मिति तय हुने स्रोतले जनाएको छ । नेकपा सचिवालयका बहुसंख्यक नेता एमसीसी पास गर्न नहुने पक्षमा छन् ।

प्रधानमन्त्री ओली भने एमसीसीको सन्दर्भमा आफू पक्ष वा विपक्षमा नउभिने रणनीतिमा छन् । एमसीसी सम्झौता गर्दा शेरबहादुर देउवा र प्रचण्डको संयुक्त सरकार रहेकोले यसबारेमा आफूले पास हुनैपर्ने अडान नलिने ओलीले निकटस्थहरुलाई बताउन थालेका छन् ।

एमसीसी पारित नहुँदाको अवस्था समेत विचार गरेर पार्टीले निर्णय गर्नुपर्ने ओलीको भनाइ छ । प्रचण्डसहितका नेताहरु भने कार्यदलको प्रतिवेदनका आधारमा परिमार्जन भएमात्र पारित हुनुपर्ने पक्षमा छन् ।

नेकपाभित्रको संकटकै कारण संसदबाट एमसीसी पारित हुने कि नहुने भन्ने अन्यौल बढिरहेको छ । बजेट पारित भइसकेपछि संसद अधिवेशन अन्त गर्ने तयारी भइरहेका बेला पनि नेकपाले भने निर्णय गर्न सकेको छैन ।

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds