८ वैशाख २०८१, शनिवार
(नेपाली समय)
८ वैशाख २०८१, शनिवार
नेपाली समय

पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्ने–मन्त्री बाँस्कोटा

विराटनगर, १५ असार (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

आज साँझ विराटनगरमा पत्रकारसँगको कुराकानीमा उहाँले पत्रकारिता पेशालाई विश्वसनीय, गुणस्तरीय र व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै पत्रकारले पनि आफ्नो पेशालाई मर्यादित र सम्मानित गराउन सक्नुपर्दछ भन्नुभयो । मन्त्री बाँस्कोटाले पत्रकारिता क्षेत्रको विकासका लागि आफू सदैव तत्पर रहेको स्पष्ट गर्नुभयो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds