७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

पहिले लक्षण छैन भन्दै परीक्षण भएन, सिकिस्त भएपछि जाँच्दा आरडीटी पोजेटिभ

२९ जेठ, कैलाली । कैलालीमा आरडिटी पोजेटिभ देखिएका एक जना पुरुषको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएको छ ।

बुधबार  घोडाघोडी नगरपालिका–११ का ४८ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि सेती अस्पतालले आईसीयुमा भर्ना गरेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

‘श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई अस्पतालको आइसीयूमा भर्ना गरिएको हो’, श्रेष्ठले भने, ‘उहाँ दमको रोगी रहेको बुझिएको छ ।’

तीन दिन पहिले पनि उनलाई सेती अस्पताल लगिएको थियो । तर, कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै अस्पतालले घर फर्काइदिएको पहलमानपुर स्वास्थ्य चौकीका इञ्चार्ज रामप्रसाद चौधरीले जानकारी दिए ।

‘अस्पतालले कुनै लक्षण छैन भनेर घर फर्कायो । यहाँ आएपछि उहाँलाई थप समस्या देखियो’, चौधरीले भने, ‘स्वास्थ्य अवस्था जटिल नहोस् भनेर फेरि सेतीमा पठायौँ, त्यसपछि आरडीटी पाेजेटिभ देखियाे ।’

क्वारेन्टाइनमा रहँदा उनको आरडीटी नेगेटिभ आएको र अस्पतालमा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको समेत चौधरीले जानकारी दिए । उनी २३ जेठमा भारतको दिल्लीबाट आएका थिए ।

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds