८ वैशाख २०८१, शनिवार
(नेपाली समय)
८ वैशाख २०८१, शनिवार
नेपाली समय

पार्टीको बहुकेन्द्र नभई बलियो हेडक्वार्टर बनाउनुपर्छःदाहाल

काठमाडौँ, १ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतासँगै सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको आधार तय गर्न आफूहरु अग्रसर भएको बताउनुभएको छ । 

प्रेस चौतारी र प्रेस सेन्टर नेपालको संयुक्त विस्तारित बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले एकताले अन्तर्राष्ट्रिय आयाम दिएको र यसलाई ठीक ढंगले आत्मसात् गरेर समाजवादको नयाँ आधार तयार गर्न सक्नुपर्ने बताउनुभयो । 

“एक्काइसौँ शताब्दी सूचनाको शताब्दी हो । सूचना प्रविधिमा भएको क्रान्तिलाई ठीक ढंगले बुभ्mन र जनतालाई ठीक ढंगले सञ्चार क्षेत्रले सम्प्रेषणको भूमिका खेल्नुपर्छ”, उहाँले भन्नुभयो, “एकता, बहस, संघर्ष, रुपान्तरणसहित नयाँ आधारको एकताबाट हाम्रो राजनीतिक कार्यदिशा र विचारलाई परिष्कार गरी समाजवादको लक्ष्यमा पुग्न एकमत भएका हौँ । अब हामीले पार्टीको बहुकेन्द्र नभई बलियो हेडक्वार्टर बनाउनुपर्छ ।” उहाँले शक्ति सन्तुलनको आजको अवस्थालाई हेर्दा समृद्धि हुँदै समाजवादको आधार गर्ने अहिलेको प्राथमिकता रहेकाले यही विचारका आधारमा संगठनको एकता गर्न आग्रह गर्नुभयो । 

सत्तामा गएपछि जनताको सेवक नभई मालिक जस्तो ठान्ने प्रवृत्तिका कारण पूर्वी युरोप र सोभियत सङ्घको कम्युनिष्ट सत्ता ढलेको उदाहरणबाट सिकेर आलोचनात्मक चेतका साथ जनतासँग जीवन्तरुपमा जोडिन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकतासँगै मातहतका कमिटी र जनसंगठनको एकता छिट्टै भई देशव्यापी उत्साहको सञ्चार दिने तयारी भइरहेको बताउनुभयो । नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले चौतारी र सेन्टरबीच एकता प्रक्रियाले प्रगति हासिल गरेकामा सन्तोष व्यक्त गर्नुभयो । 

चौतारीका अध्यक्ष गणेश बस्नेतले दुवै संगठनका केन्द्रीय सदस्यको सुझावअनुसार एकताको तयारी भएको जानकारी दिनुभयो । सेन्टरका अध्यक्ष महेश्वर दाहालले दुई संगठनको एकताका लागि बिहीबार र शुक्रबार अलगअलग केन्द्रीय कमिटीको बैठक सन्पन्न गरी विधानबारे सुझाव संकलन भएकाले चाँडै एकता हुने बताउनुभयो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds