७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज, २९ जेठ (रासस) ः सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा सोमबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ ।

स्थानीय कैलाश साहका ११ वर्षीय छोरा देवकुमार साहको घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

केही दिनयता तराईमा बढेको अत्यधिक गर्मीका कारण गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा देवकुमारको डुबेर मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

2018-06-12 09:38

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds